दफा ९८
आय विवरण दाखिला गर्ने म्याद थप
(१) दफा ९६ बमोजिम आय बिवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो बिवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिब माफिकको कारण भएमा विभागले आय विवरण दाखिला गर्नुपर्ने म्याद थप गरिदिन सक्नेछ । यसरी म्याद थपका लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रुपमा दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम आय विवरण पेश गर्न विभागले एकै पटक वा पटक पटक गरी बढिमा तीन महिनासम्म म्याद थप गर्न सक्नेछ ।